News
सुपर लिगमा चितवनको विजयी शुरुवात

काठमाडौं । नेपाल सुपर लिगमा यस सिजन दावेदारका रुपमा हेरिएको एफसी चितवनले लिगको शुरुवात उत्कृष्ट जितका साथ गरेको छ ।
सोमबार दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा थन्डर्समाथि २–० को जित निकाल्दै लिगमा विजयी शुरुवात गर्यो ।
चितवनका लागि खेलको १४औं मिनटमा नादिर मवलोनोवले पहिलो गोल गरे । खेलको अन्तिमतिर इन्जुरी समयमा निरज चौधरीले दोस्रो गोल गर्दै चितवनको जित पक्का गरे ।
यो जितपछि तीन अंक जोडेको चितवन शिर्ष स्थानमा छ । पराजित पोखरा भने अंकविहीन रुपमा पुछारमा छ । शिर्ष तीनमा चितवनपछि समान १–१ अंक जोडेका काठमाडौं रेजर्स र ललितपुर सिटी रहेका छन् ।
Post Comments