News
बी डिभिजन लिः उदघाटन खेल बराबरीमा सकियो

काठमाडौं । आइतबारदेखि शुरु भएको शहिद स्मारक बी डिभिजन लिगतर्फको उद्घाटन खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको च्यासल युथ क्लब र बिरगंज युनाइटेड बीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
त्यसअघि लिगको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जनले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा, महासचिव किरन राई लगायतको पनि उपस्थिति रहेको थियो ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल १४ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । लिग विजेताले उपाधिसहित १५ लाख हात पार्नेछ भने दोस्रो हुने टोलीले १० लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- फिफा वरियतामा तल खस्कियो नेपाल
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’