
ताप्लेजुङको आठराई त्रिवेणी ५ चागेँमा माछापोखरी हिटी क्लबको आयोजनामा आजबाट सुरु भएको आमन्त्रित दोस्रो माछापोखरी हिटी गोल्ड कप अन्तर्गत पहिलो खेलमा आयोजक माछापोखरी हिटी क्लबलाई १ का विरुद्ध ३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको १०औं मिनेटमा जङ्ग गुरुङको गोल सगै अग्रता लिएको आयोजकले त्यसको २ मिनेट नपुग्दै धरानका जिरन ल्होरुङले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफको ५८ औं मिनेटमा जिरनले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।
लोकेन्द्र थापाले ६१ औं मिनेटमा फेरि धरानको लागि गोल गर्दै जीत सुनिश्चित गराएका हुन्। खेलको नायक भने मरीक एफ सी धरानका जोशन कार्की बन्दै नगद रू.३००० को साथमा ट्रफी प्राप्त गरे।
भोलि हुने दोस्रो क्वाटरफाईनल खेल लालीमा क्लब ताप्लेजुङ र संखुवासभा जिल्ला फुटबल संघ बीच दिनको ठीक २ बजे सुरु हुने छ। प्रतियोगिताको विजेता हुने टिमले नगद तिन लाख रुपैयाँ सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद एक लाख साठी हजार रुपैयाँ प्राप्त गर्ने छ।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा