News
विश्वकप समूह एफः नेदरल्याण्डस, जापान र स्वीडेन अन्तिम ३२ मा
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ तर्फ समूह एफबाट पनि तीन टोलीहरु नेदरल्याण्डस, जापान र स्वीडेनले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसले ट्युनिसियामाथि ३–१ को जित निकाल्दा जापान र स्वीडनले १–१ गोलको बराबरी खेले ।
यो नतिजापछि तीन खेलबाट ७ अंक जोडेको नेदरल्याण्डस समूह एफको विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । ५ अंकका साथ दोस्रो स्थानमा रहेको जापान समूह उपविजेता बन्दा ४ अंक जोडेको स्वीडेन उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो । त्यस्तै अंकविहीन ट्युनिसिया भने पुछारमा रहेर बाहिरियो ।
Post Comments