फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?
गोलनेपाल

काठमाडौं । फिफाले एन्फालाई गरेको निलम्बनसँगै त्यसको प्रभाव नेपाली फुटबलमा व्यापक रूपमा पर्ने निश्चित छ। यस्तो प्रतिबन्धले राष्ट्रिय टिमदेखि लिएर फुटबल प्रशासन, आर्थिक सहयोग र खेलाडीको भविष्यसम्म प्रत्यक्ष असर पार्नेछ।

के–के गर्न मिल्दैन ?

FIFA प्रतिबन्ध लागेपछि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। राष्ट्रिय टोली मात्र होइन, क्लब स्तरका टोलीहरू पनि AFC र FIFA अन्तर्गतका प्रतियोगिताबाट बाहिरिनेछन्।

यससँगै FIFA र AFC बाट प्राप्त हुँदै आएको करिब १.५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग पूर्ण रूपमा रोकिनेछ। यसले पूर्वाधार विकास, ग्रासरुट कार्यक्रम, प्रशिक्षण र रेफ्री विकास जस्ता गतिविधिहरूमा ठुलो असर पार्नेछ।

ANFA र जिल्ला फुटबल संघमार्फत सञ्चालन हुँदै आएका सम्पूर्ण आधिकारिक कार्यक्रमहरू ठप्प हुनेछन्। ANFA एकेडेमी अन्तर्गत रहेका खेलाडीहरूको भविष्य अन्योलमा पर्नेछ भने संस्थामा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा समेत तत्काल प्रभावित हुने सम्भावना छ।

त्यसैगरी, नेपालले FIFA सदस्य राष्ट्रको रूपमा पाउने अधिकारहरू — जस्तै मतदान अधिकार र अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा सहभागिता — गुमाउनेछ।

के गर्न मिल्छ ?

यद्यपि, स्थानीय स्तरमा सञ्चालन हुने फुटबल गतिविधिहरू भने पूर्ण रूपमा रोकिने छैनन्। गाउँ–गाउँमा आयोजना हुने गोल्डकप प्रतियोगिता तथा क्लबस्तरीय खेलहरू जारी रहनेछन्। किनभने यस्ता प्रतियोगिताहरू स्थानीय क्लब र समुदायको पहलमा सञ्चालन हुने भएकाले FIFA प्रतिबन्धले प्रत्यक्ष असर पार्दैन।

Ban किन लाग्ने अवस्था आयो ?

FIFA को नियमअनुसार कुनै पनि सदस्य राष्ट्रको फुटबल संघमा सरकारको हस्तक्षेप स्वीकार्य हुँदैन। नेपालमा राष्ट्रिय खेलकुद परिषद्ले ANFA को गतिविधिमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ।

विशेषगरी ANFA को निर्वाचन प्रक्रिया सम्बन्धी विवाद — जिल्ला स्तरको चुनाव नगरी केन्द्रको चुनाव गर्न खोजिएको विषय — ले समस्या जटिल बनाएको थियो। FIFA ले यसलाई “third-party interference” को रूपमा व्याख्या गर्ने गर्दछ।

अब के हुन्छ ?

FIFA ले ‘नर्मलाइजेसन कमिटी’ (तदर्थ समिति) गठन गर्न सक्छ। सो समितिले नयाँ विधान तयार गर्ने, संरचना सुधार गर्ने र निष्पक्ष चुनाव सम्पन्न गराउने जिम्मेवारी पाउनेछ। यी सबै प्रक्रिया पूरा भएपछि मात्र नेपालमाथिको प्रतिबन्ध हट्ने सम्भावना रहनेछ।

निष्कर्ष

Post Comments