News
नेपाल आइपुगे इटालियन लिजेण्ड बुफोन

काठमाडौ । इटालीका लागि फिफा विश्वकप विजेता लिजेण्डरी गोलरक्षक जियानलुईजी बुफोन आइतबार नेपाल आइपुगेका छन ।
उनी हाल जारी दोस्रो केपी ओली कपका लागि विशेष अतिथीका रुपमा नेपाल आईपुगेका हुन । बुफोनलाई आयोजकले विमानस्थल मै भब्य स्वागत गरेको थियो ।
स्मरण रहोस, जारी केपी ओली कपको समापन सोमबार हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्दैछन ।
Post Comments