मरिण । मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा आइतबारदेखि शुरु भएको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगितामा बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा बागमतीले कटारी टाईगर फुटबल क्लब, उदयपुरलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ बागमतीकाक लागि अनिल मगरले गोल गरेका थिए भने कटारी टाईगरका लागि किरन दनुवारले गोल गरेका थिए । टाईब्रेकरमा भने बागमतीले कटारी टाईगरमाथि ४–२ को जित निकाल्न सफल भयो ।
यो जितसँगै बागमती प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा बागमतीका गोलरक्षक अनिष महतो म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न