इटहरी । सिंहदेवी फुटबल क्लब, धनकुटा जारी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति दोस्रो कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनल खेलतर्फ सिंहदेवीले गाईघाट फुटबल क्लब, उदयपुरलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सिंहदेवीको जितमा राजु लिम्बुले दुई गोल गरे भने शिशिर लेखीले थप एक गोल गरे । उता पराजित गाईघाटका लागि अमन लामा र आकाश राईले गोल गरेका थिए ।
खेलमा सिंहदेवीका लागि दुई गोल गरेका राजु लिम्बु म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ २१ गते सोमबारको पहिलो सेमिफाइनल खेल दमक एकेडेमी फुटबल क्लब, झापा र लोहरुङ्ग फुटबल क्लब, संखुवासभाबीच हुने आयोजकले जानकारी दियो ।
द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २४ गतेका दिन हुनेछ ।