News
युथ लिगः सातदोबाटो र शेर्पाको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटोले एफसी खुमलटारलाई ३–२ ले हरायो । यो जितपछि सातदोबाटो ८ खेलबाट १२ अंकका साथ छैठौं स्थानमा छ । पराजित खुमलटार भने समान खेलबाट ३ अंकका साथ १०औं स्थानमा छ ।
अर्को खेलमा हिमालयन शेर्पाले संघर्षरत टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले हरायो । यो जितपछि ९ खेलबाट ७ अंक जोडेको शेर्पा लिगतालिकाको नवौं स्थानमा छ । पराजित आर्मी भने अंकविहीन रुपमा पुछारमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा