News हिसान एन्फा सुनसरी कपः एम्स एकेडेमी र धरान आदर्शको जित
गोलनेपाल

इटहरी । हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा शुरु भएको हिसा एन्फा सुनसरी अन्तर विद्यालय फुटबल प्रतियोगितामा एम्स एकेडेमी, धरान र धरान आदर्श, धरानले विजयी शुरुवात गरेका छन् ।

इटहरी–२ स्थित बुढासुब्बा फुटबल मैदानमा भएको पहिलो खेलमा एम्सले बेबिलोन सेकेण्डरी स्कुल, इटहरीलाई ५–० ले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो । खेलमा एम्सका सुमन थापा मगर म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा धरान आदर्शले कस्तुरी कलेज, इटहरीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई लगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए । माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा कुल २३ टोलीहरु सहभागि छन् ।

Post Comments