News फाइनलमा टि.डब्लु.वाई.सी. र हाम्रो राजारानी भेट्रान भिड्ने
गोलनेपाल

इटहरी । पाँचौं इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा टि.डब्लु.वाई.सी. भेट्रान, मोरङ र हाम्रो राजारानी भेट्रान क्लब, धनकुटा भिड्ने भएका छन् ।

दोस्रो सेमिफाइनलतर्फ टि.डब्लु.वाई.सी. भेट्रानले आयोजक हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीलाई २–० ले हराएपछि फाइनलमा हाम्रो राजारानी भेट्रानसँगको भेट पक्का गरेको हो ।

टि.डब्लु.वाई.सी. को जितमा गणेश लावती र मेघराज मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि टि.डब्लु.वाई.सी. भेट्रान कै गणेश लावती घोषित भए । अब माघ १२ गते हुने फाइनलमा टि.डब्लु.वाई.सी. र हाम्रो राजारानी भेट्रान उपाधिका लागि भिड्ने छन् ।

हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments