News स्वदेश फर्किए बिमल, सभापति कप पनि खेल्ने
गोलनेपाल

काठमाडौं । पछिल्लो समय अन्य खेलाडीहरु सरह अष्ट्रेलिया पुगेका नेपालका चर्चित युवा फरवार्ड बिमल घर्ती मगर घरेलु फुटबलका लागि स्वदेश फर्किएका छन् ।

बिमलले बिहीबारदेखि शुरु भएको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने पनि तय भएको छ । बिमलले मच्छिन्द्र फुटबल क्लबका लागि सभापति कप खेल्नेछन् । मच्छिन्द्रले शुक्रबार हुने दोस्रो क्वाटरफाइनलमा एपिएफ फुटबल क्लबको सामना गर्दैछ ।

स्मरण रहोस, अष्ट्रेलिया उड्नु अघि बिमलले गत सिजनको ए डिभिजन लिग पनि मच्छिन्द्रका लागि नै खेलेका थिए । सम्भवत उनले यस सिजनको तेस्रो नेपाल सुपर लिग (एनएसएल) पनि खेल्ने सम्भावना रहेको छ । त्यसैका लागि पनि उनी नेपाल फर्किएको अनुमान समेत गरिएको छ ।

Post Comments