News तेस्रो ल्होसार कपः रतनपुर युनाइटेड फाइनलमा, उपाधिका लागि बिरगंजसँग भिड्ने
गोलनेपाल

निजगढ । प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै रतनपुर युनाइटेड क्लब जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा रतनपुरले बेङखडी युवा क्लबलाई ४–३ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । रतनपुरको जितमा दिपेश आलेले दुई गोल गर्दा आनन्द गुरो र उज्ज्वल भण्डारीले एक–एक गोल गरे । उता बेङखडीका लागि भने सुदिप आलेले दुई गोल गर्दा थप एक बिनु आले मगरले गरे ।

खेलमा रतनपुर युनाइटेडका गणेश हमाल म्यान अफ द म्याच घोषित भए । रतनपुर युनाइटेडले अब यही माघ १२ गते हुने फाइनलमा बिरगंज युनाइटेडसँग उपाधिका लागि भिड्नेछ ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments