News सभापति कप आजदेखि, उद्घाटन खेलमा चर्च ब्वाईज र संकटा भिड्दै
गोलनेपाल

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र संकटा फुटबल क्लब भिड्दै छन् । नकआउटका आधारमा हुने प्रतियोगितामा कुल ८ टिमहरुले सहभागिता जनाउँदै छन् ।

आयोजकले भीआईपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ टिकट मूल्य निर्धारण समेत गरेको छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

Post Comments