News
मच्छिन्द्रसँग सातदोबाटो, संकटासँग शेर्पा पराजित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार मच्छिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले जित हात पार्दै खातामा तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई २–० ले हरायो । मच्छिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे ।
यो जिछपछि मच्छिन्द्रको खातामा ५ खेलबाट ९ अंक भएको छ । पराजित सातदोबाटोसँग समान खेलबाट ६ अंक छ ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई ३–० ले पराजित गर्यो । संकटाका लागि गुन्दास सुनुवार, पेम्बा तामाङ र प्रजल कुमार लुम्रेले गोल गरे ।
यो जितपछि संकटाले महत्वपूर्ण तीन अंक जोड्दै आफ्नो खातामा ५ खेलबाट १० अंक पुर्याएको छ । पराजित शेर्पाको खातामा भने एक अंक मात्र रहेको छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि