News
पाँचौं मरिण गाउँपालिका अध्यक्ष कप शुरु, साविक विजेता वार्ड नम्बर ३ को उत्कृष्ट शुरुवात
मरिण । सोमबारदेखि शुरु भएको मरिण गाउँपालिका अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा साविक विजेता वार्ड नम्बर ३ ले उत्कृष्ट शुरुवात गरेको छ ।
उद्घाटन खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध ४ गोलको अन्तरले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो । खेलमा वार्ड नम्बर ३ का लागि सुन्दर भोम्जन र मिथुन थिङ्गले समान दुई–दुई गोल गरे ।
प्रतियोगिता अन्तर्गत माघ ८ गते मंगलबार चार खेलहरु हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मोक्तानले गरेका थिए ।
मरिण गाउँपालिका खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा शुरु भएको प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न