News
सहज जितका साथ महिला लिगको क्वालिफायरमा आर्मी

काठमाडौं । उत्कृष्ट र सहज जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब जारी एन्फा महिला लिगको क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको छ । आइतबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ६–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिकसहित पाँच गोल गर्दा थप एक गोल बिमला चौधरीले गरीन् । उता पराजित वालिङका लागि भने मिना देउवाले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितसँगै ७ खेलबाट १६ अंक जोडेको आर्मीले क्वालिफायर वानमा अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको छ । उता पराजित वालिङ भने अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिएको छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त