काठमाडौं । मंगलबार समापन भएको ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिताको व्यक्तिगत विधातर्फ संकटा फुटबल क्लबका कृष्ण बहादुर आले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्यस्तै उत्कृष्ट गोलरक्षक थ्रीस्टार फुटबल क्लबका आयुष्मान तामाङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार विजेता नेपाल पुलिस क्लबका कप्तान सुवास बम ठकुरीले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।
त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो । त्यसवापत आर्मीले आकर्षक ट्रफी हात पार्यो । स्मरण रहोस, यस सिजनको युथ लिग नेपाल पुलिस क्लबले जितेको छ भने दोस्रो स्थानमा न्युरोडटिम (एनआरटी) र तेस्रो स्थानमा संकटा रह्यो ।
समापन कार्यक्रमका विजेता टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरन राई लगायतले पुरस्कृत गरेका थिए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा