News ध्रुवतारा कपः खुलातर्फ दमक ४, भेट्रान्सतर्फ दमक ३ फाइनलमा
गोलनेपाल

दमक । ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा सन्चालन हुदै गरेको थ्रपुतारा कप अन्तर्गत मन्सिर २ गतेको खेलमा भेट्रानतर्फ दमक ३ ले दमक ९ लाई ३(१ ले पराजित गरि फाईनलमा प्रबेश गरेको छ। खेलमा दमक ३ का रेवत श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै खुलातर्फ दमक ४ फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा दमक ४ ले दमक ९ लाई २–० को अन्तरले हरायो । खेलमा दमक ४ का अन्जित भुजेल म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत मंसिर ३ गते सोमबार खुलातर्फको दोस्रो सेमिफाइनलमा दमक ३ र बिआरसी बेल्डाङ्गी भिड्ने आयोजकले जानकारी दियो ।

यही मंसिर ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments