News ध्रुवतारा कपः वार्ड नम्बर ९ को जित
गोलनेपाल

दमक । ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा जारी ध्रवतारा कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा संघर्षपुर्ण जित निकाल्दै वार्ड नम्बर ९ दोस्रो चरणमा प्रवेश गरेको छ ।

वार्ड नम्बर ९ ले वार्ड नम्बर ७ लाई पेनाल्टी शुटआउटमा २–१ ले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा वार्ड नम्बर ९ का गोलरक्षक जतिन उराउ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज १० गते बिहीबारको खेल वार्ड नम्बर ८ र १० बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments