News
एन्फा महिला लिगः शिर्ष तीनमा पुलिस
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत अपराजित रहेको विभागीय टोली नेपाल पुलिस क्लबले शिर्ष तीनमा रहेर आठौं चरणको लिग खेल समापन गरेको छ ।
बुधबार भएको आठौं चरणको अन्तिम तथा एक मात्र खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्यो । पुलिसका लागि निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले गोल गरिन् ।
यो नतिजापछि ८ खेलबाट १८ अंक जोडेको पुलिस लिगतालिकाको तेस्रो स्थानमा छ । पराजित कर्णाली भने ४ अंकका साथ लिगतालिकाको पुछारतिर नवौं स्थानमा छ । शिर्ष स्थानमा भने २२ अंक जोडेको एपिएफ रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित