News दोस्रो सृजनशील कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बुधबारे । सृजनशिल युवा क्लब, बुद्धशान्ति–४, झापाको आयोजनामा यही असोज १६ गतेदेखि शुरु हुन गईरहेको दोस्रो सृजनशिल कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा असोज १६ गतेका दिन ब्रदर्श फुटबल क्लब, दमक र शनिश्चरे फुटबल क्लब, अर्जुनधारा भिड्ने खेलतालिकामा उल्लेख छ ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २३ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई उचित नगद पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments