काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित हात पार्दा बागमती युवा क्लबले पनि महत्वपूर्ण तीन अंक जोडेको छ ।
मंगलबार दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० को फराकिलो अन्तरले हरायो । आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा बिमला बिक र अमिषा कार्कीले थप दुई–दुई गोल गरे । अर्को एक गोल भने वालिङले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
खेलमा ह्याट्रिक गरेकी आर्मीकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याच समेत चुनिईन् । यो जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मी शिर्षता कै होडमा कायम छ । पराजित वालिङ भने १२ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।
मंगलबार नै भएको अर्को खेलमा बागमतीले संकटा क्लबलाई ३–१ ले हरायो । बागमतीका लागि गिफ्टी अचेमपोङले दुई गोल गर्दा थप एक गोल पुष्पा खड्काले गरिन् । पराजित संकटाका लागि भने टिमीलोपे जेनिफरले एक मात्र सान्त्वना गोल फर्काईन् ।
यो जितपछि ८ खेलबाट १० अंक जोडेको बागमती लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित संकटा भने ८ अंकका साथ लिगतालिकाको सातौं स्थानमा संघर्षरत छ ।
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा