News
इँटाभट्टा नकआउट फुटबलको खेल तालिका सार्वजनिक
इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टामा आयोजना हुने प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता खेल तालिका सार्वजनिक गरिएको छ ।
स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै इँटाभट्टा फुटबल क्लबले असोज १२ गतेदेखि १९ गतेसम्म आयोजना गरेको प्रतियोगिताको तालिका सार्वजनिक गरिएको हो ।
आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बूका अनुसार प्रतियोगितामा आयोजक क्लबसँगै सतासीधाम स्पोर्टिङ क्लब, शनिश्चरे एफसी, ह्याप्पी क्लब, डिएफसी, ब्रदर्स युनाइटेड, चात्या सा एफसी र पाहुना टोली गोर्खा ब्वाइज भारतीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १०१ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा