News दोस्रो उपमेयर महिला गोल्डकप शुरु, धरानको विजयी शुरुवात
गोलनेपाल

गाईघाट । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा मंगलबारदेखि शुरु भएको दोस्रो उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगितामा धरान महिला फुटबल क्लब, सुनसरीले विजयी शुरुवात गरेको छ ।

थरुहट उदयपुर रंगशालामा भएको उद्घाटन खेलमा धरानले हेटौडा फुटबल एकेडेमी, मकवानपुरलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

धरानको जितमा दिपा आले मगरले दुई गोल गरिन् भने समिक्षा मगर, जिनु राई र केरेन लिम्बुले थप एक–एक गोल गरे । खेलमा धरान कै समिक्षा मगर प्लेयर अफ द म्याच घोषित भईन् ।

यो जितसँगै धरान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असार १२ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल एभरेष्ट स्र्पोटिङ क्लब, सुनसरी र गाईघाट फुटबल क्लब, उदयपुर बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments