काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आ–आफ्नो अन्तिम खेलमा महाबीर क्लब र खालीबारी युथ फुटबल क्लबले जित निकाल्दै सिजनको सुखद समापन गरेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महाबीरले मनोहरा युनाइटेडलाई ३–१ ले हरायो । महाबिरको जितमा शिव चौलागाईले दुई गोल गरे भने सुरज थारुले थप एक गोल गरे । पराजित मनोहराका लागि संजय श्रेष्ठले एक मात्र गोल फर्काए ।
यो जितपछि १३ खेलबाट १६ अंक जोडेको महाबीर लिगतालिकाको आठौं स्थानमा उक्लेको छ । पराजित मनोहरा भने १५ अंकका साथ लिगतालिकाको १०औं स्थानमा छ ।
दिनको दोस्रो खेलमा खालीबारीले रानीबन स्पोर्टस क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्यो । खालीबारीका लागि सानुकान्छा तामाङले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि १३ खेलबाट २० अंक जोडेको खालीबारी लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित रानीबन भने ८ अंकका साथ पुछारतिर छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान