News
बेल्जियन जायन्ट एन्टरलेक्टसँग नेपाली मूलका घलेको पहिलो व्यवसायीक सम्झौता

काठमाडौं । नेपाली मूलका खेलाडी गोरख घलेले बेल्जियन जायन्ट आरएससी एन्टरलेक्टसँग पहिलोपटक व्यवसायीक सम्झौता गरेका छन् । उमेर समूहबाटै एन्डरलेक्टका लागि खेल्दै आएका घलेले पहिलोपटक क्लबसँग व्यवसायीक सम्झौता गरेका हुन् ।
नेपालमा गोरखा पुर्खेली घर भई हाल परिवार सहित बेल्जियममा बस्दै आएका घलेले बेल्जियम कै युथ टोलीबाट समेत खेलिसकेका छन् । बेल्जियममा राम्रो सम्भावना बोकेका खेलाडीकै रुपमा उभिएका घलेको यो व्यवसायीक सफलताले अन्य नेपाली मूलका खेलाडीहरुलाई युरोपमा खेल्न थप प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
स्मरण रहोस, एन्डरलेक्ट त्यही क्लब हो, जसमा नेपालका चर्चित फरवार्ड बिमल घर्ती मगरले पनि युथ लेभलमा खेल्ने र प्रशिक्षण लिने अवसर पाएका थिए ।
Post Comments