News मित्र मिलन सेमिफाइनलमा
गोलनेपाल

धरान । संघर्षपुर्ण जितका साथ मित्र मिलन क्लब जारी सुनसरी जिल्ला बी डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मित्र मिलनले टाईब्रेकरमा कल्चर ग्रीन क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाईब्रेकरमा भने मित्र मिलनले कल्चर ग्रीनमाथी ४-१ को जित निकाल्यो ।

खेलमा मित्र मिलनका मनिष लिम्बू म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार बापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत जेठ २८ गते सोमबार १ बजे हुने खेलमा युवा जागृती क्लब र राईजिङ स्पोर्टिङ क्लब भिड्नेछन भने ३ बजे हुने खेलमा रेद स्टार क्लब र युनाइटेड युथ क्लब भिड्नेछन ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद २० हात पार्नेछ भने उपविजेताले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments