News साफ यु-२० च्याम्पियनसिप नेपालमा हुने
गोलनेपाल

काठमाडौ । साफ यु-२० च्याम्पियनसिपको छैठौं संस्करण यसै वर्षको अगस्त १६ देखि २८ तारीखसम्म नेपालमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको ड्र पनि सार्वजनिक गरेको छ ।

जसअन्तर्गत समूह ए मा आयोजक नेपाल सहित गत संस्करणको उपविजेता पाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन । त्यस्तै समूह बी मा साविक विजेता भारतसँगै भुटान र माल्दिभ्स रहेका छन ।

प्रत्येक समुहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । स्मरण रहोस, यश वर्षको साफ महिला च्याम्पियनसिप पनि नेपालले नै आयोजना गर्दैछ ।

Post Comments