News साफ यु–१७ च्याम्पियनसिप भुटानमा हुने
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यस वर्ष हुने साफ यु–१७ च्याम्पियनसिप भुटानमा गर्ने निर्णय गरेको छ । साफको शनिबार बसेको बैठकले यसै वर्षको १८ देखि २८ सेप्टेम्बरसम्म प्रतियोगिता भुटानमा आयोजना गर्ने निर्णय गरेको हो ।

साथै साफले प्रतियोगिताको ड्र समेत सार्वजनिक गरेको छ । प्रतियोगितामा दक्षिण एसियाका सात टोलीहरुले सहभागिता जनाउने छन् । समूह ए मा साविक विजेता भारतसागै माल्दिभ्स र बंगलादेश रहेका छन् । बंगलादेश गत संस्करणको उपविजेता समेत हो ।

त्यस्तै समूह बी मा आयोजक भुटानसँगै नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन् । प्रत्येक समुहको शिर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सबै खेलहरु थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछन् ।

Post Comments