अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुट स्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
क्लबको आयोजनामा शनिबार पाँच महिना लामो पहिलो चरणको ग्रास रुट ट्रेनिङ कार्यक्रमको समाप्त भएको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।
कुल १ सय ३० खेलाडीको सहभागिता रहेको प्रशिाक्षण कार्यक्रममा २२ किशोरी रहेका थिए । आठ वर्षदेखि १४ वर्षसम्मका खेलाडीको सहभागिता रहेको कार्यक्रमलाई नौ फुटबल प्रशिक्षकले सञ्चालन गरेको थिए । त्यसमा मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठ रहेका थिए । समापन समारोहमा क्लबका अध्यक्ष सुरेशकाजी शाक्यले थप ग्रास रुट कार्यक्रम गर्ने योजना रहेको बताए ।
काठमाडौंमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना झएको हो । काठमाडौं महानगरको सहयोग तथा लैनचोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यत्रममा भएको कार्यक्रम गत वर्षको माघ महिनादेखि सुरु भएको थियो । आरसीटी नेपालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लबमध्ये एक रहेको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न