News गीताञ्जली एसइइ कप हुने
गोलनेपाल

काठमाडौं । गीताञ्जली स्कुल तथा कलेजको आयोजनामा यही जेठ २५ गतेका दिन गीताञ्जली एसइइ कप फुटसल प्रतियोगिता हुने भएको छ ।

रिभर फिल्ड फुटसल ग्राउण्डमा हुने एक दिने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क प्रत्येक टिमवापत ३००० तोकिएको पनि आयोजकले जानकारी दियो । टिमदर्ता गर्ने शुरुवाती २० टोलीहरुलाई प्राथमिकता दिईने पनि आयोजकले बतायो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै पाँच विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलई नगद १ हजार र ट्रफी प्रदान गरिनेछ । त्यस्तै विजेता टोलीका पाँच खेलाडीहरुलाई प्लस टु मा पूर्ण छात्रवृत्ति प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा वि.सं. २०८० सालको एसइइ परीक्षामा सहभागि भएका खेलाडीहरुले मात्र खेल्न पाउनेछन् ।

 

Post Comments