News मनोहरा र रानीबन तथा गोलबजार र सानेपाको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबार भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् । मनोहरा युनाइटेड युथ क्लबले रानीबन स्पोर्टस क्लबसँग र गोलबजार स्पोर्टस क्लबले सानेपा क्लबसँग समान १–१ गोलको बराबरी खेलेका हुन् ।

एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मनोहराका लागि संजय श्रेष्ठले गोल गरे भने रानीबनका लागि सन्दिप सिंहले गोल गरे । यो नतिजापछि ११ खेलबाट १५ अंक जोडेको मनोहरा लिगतालिकाको छैठौं स्थानमा छ । उता रानीबन भने ८ अंकका साथ १२औं स्थानमा छ ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा गोलबजारका लागि सुजन पुलामीले गोल गरे भने सानेपाका लागि निराजनजंग शाहीले गोल गरे । यो बराबरी पछि ११ खेलबाट १२ अंक जोडेको सानेपा लिगतालिकाको नवौं स्थानमा छ भने ७ अंकका साथ पुछार मै छ ।

Post Comments