News निमेषलाई अष्ट्रेलियाबाट बेनि एफ.सी को सहयोग
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुरको स्थानीय हुँदै स्वयम्भु क्लबबाट सी डिभिजन लिग समेत खेलिसकेका युवा खेलाडी निमेष मोक्तानको पिता माधव मोक्तानको जटिल मुटुको समस्याका कारण पुरानो मेडिकल अस्पताल, भरतपुरमा आईसीयुमा राखी उपचार भईरहेको छ र उपचार गर्न आर्थिक समस्या भईरहेको भन्ने समाचार गोलनेपाल डटकमबाट प्रकाशित भएपछि उपचारमा सघाउनको लागी अष्ट्रेलियामा रेहेको बेनि एफ.सीले नेपाली रुपैया एकलाख साठी हजार रुपैया सहयोग सहयोग गरेको छ ।

मकवानपुरे खेलाडी सुसन लामाको अगुवाईमा बेनी एफ सी का खेलाडी र पदाधिकारीहरुले सो रकम सहयोग गरेका हुन । संकलन गरिएको रकम बिहिबार निमेषको घरमै गएर निमेषको बुबाको स्वास्थ्य अवस्था बुझेर हस्तान्तरण गरिएको शुभाष लामाले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा मकवानपुरे अग्रज पत्रकार प्रताप बिष्ट लगाएतको उपस्थिीति थियो ।

"यो दुखको परिस्थिीतिमा मैले खेलेर धेरै कमाउन नसके पनि धेरै सहयोगी हातहरु कमाएको रहेछु भन्दै सहयोगी सम्पुर्ण खेलाडी दाजुहरुलाई मनै बाट धन्यबाद ज्ञापन गर्न चाहन्छु" भन्दै निमेषले भाबुक हदै गोलनेपाल डटकम र सुसन लामालाई बिशेष धन्यबाद ब्यक्त गरे ।

Post Comments