News
जितपुरसिमरा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा बिरगंज र आर्मी भिड्ने

जितपुरसिमरा । नव जन जागृति युवा क्लब, जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरा, बाराको आयोजनामा यही चेत २४ गतेदेखि शुरु हुन गईरहेको जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
सिमरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत २४ गतेका दिन बिरगंज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने बैशाख ३ गतेका दिन हुनेछ ।
प्रतियोगिताका सबै खेलहरु कृत्रिम प्रकाशमा बेलुका ६ बजेदेखि शुरु हुनेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments