
दियोबजार । फुलबारी गाईज, बुटवल यहाँ जारी कन्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ फुलबारीले समपुर्ण युवा क्लब, सुपौलीलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।
कन्चन गाउँपालिका-४, दियोबजार स्थित हिमालय सामुदायिक खेलमैदानमा भएको खेलमा फुलबारीका लागि अजित गुरुङ्ले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता अजित गुरुङ नै म्यान द म्याच पनि घोषित भए ।
फुलबारीले अब यही फागुन २५ गतेका दिन हुने फाइनलमा आयोजक कन्चन-११ सँग उपाधिका लागि भिड्नेछ ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना र कञ्चन गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष प्रकाश थापाले बताए ।