बुटवल । विजय टोल विकास संस्था र बेलबास युथ क्लब, बुटवल–१३, रुपन्देहीको संयुक्त आयोजनामा शनिबारदेखि ‘तीज स्पेशल फुटसल कप’ खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।
कुल २४ टोलीहरु सहभागि प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भए । साथै भाद्र २८ गते आइतबार दोस्रो चरणको खेलसँगै फाइनल र समापन कार्यक्रम हुने खेल संयोजक सबिन छन्त्यालले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एडमण्ड सिटी हस्पिटल, बुटवलका अध्यक्ष प्रकाश राना, आयोजक क्लबका अध्यक्ष विवेक थापा लगायतले गरेका थिए ।
सो अवसरमा गैरे डिजल्सका सञ्चालक बिनय गैरे, बेलबास फिटनेसका बिष्णु छन्त्याल, प्रहरी नायव निरीक्षक रण बहादुर जिसी लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने सन्तोष गुरुङले गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक सबिन छन्त्यालले जानकारी दिए ।