News
उद्घाटन खेलमा भारतसँग निरीह बन्यो भुटान
काठमाडौं । शुक्रबारदेखि शुरु भएको साफ यु–१६ महिला च्याम्पियनसिपमा उपाधिको बलियो प्रत्याशी भारतले फराकिलो जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । च्यासल स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानमाथ ७–० को फराकिलो जित निकाल्यो ।
भारतको जितमा श्वेता रानी, पर्ल फर्नान्डेज र अनुश्का कुमारीले समान दुई–दुई गोल गरे । त्यस्तै अन्विता रघुरमनले भारतका लागि थप एक गोल गरेका थिए । भारतले लिग चरणको आफ्नो दोस्रो खेल मंगलबार बंगलादेशससँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत फागुन १९ गते शनिबार आयोजक नेपालले आफ्नो पहिलो खेलका रुपमा बंगलादेशको सामना गर्दैछ । दक्षिण एसियाका चार टोलीहरु सहभागि प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । लिग चरणपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १० मार्चका दिन हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै