काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौट्को दोस्रो चरणलो खेल अन्तर्गत नेपाल र बहराइन बीच हुने भनिएको घरेलु खेल नेपालमा नहुने भएको छ ।
छ्नौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले यही मार्च २१ र २७ तारीखका दिन बहराईनसँग होम एन्ड अवे गरि दुई म्याच खेल्ने कार्यक्रम छ ।
स्मरण रहोस, फिफा/एएफसीको प्रतिनिधीले केही दिन अघि मात्र दशरथ रंगशालाको निरीक्षण गरेका थिए । साथै मैदान खेल खेलाउन योग्य नरहेको प्रतिक्रिया दिएका थिए ।
यता एन्फाले शुक्रबार वक्तव्य जारी गर्दै दशरथ रंगशालामा नेपाल र बहराइन बीचको खेल दशरथ्ह रंगशालामा नहुने तथा सो खेलस्थलको अर्को विकल्पबारे छिटै जानकारी बराउने बताएको छ ।
सम्झनुपर्ने कुरा त बहराइन विरुद्धको खेलकै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले शुकवार नै ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै