News
राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

काठमाडौं । साउदी अरेबियाको जेद्दाह शहरमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने नेपालको राष्ट्रिय महिला फुटबल टोलीको शुक्रबार बिदाई गरिएको छ ।
सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालायमा आयोजित एक कार्यक्रमका बीच एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले टोलीलाई शुभकामना सहित बिदाई गरे ।
सो अवसरमा एन्फा महासचिव किरन राई, प्रवक्ता सुरेश साह, महिला सदस्य सरिला श्रेष्ठ मलेकु, राजुकाजे शाक्य लगायतको पनि उपस्थिति रहेको थियो ।
वाफ महिला च्याम्पियनसिपतर्फ समूह बी परेको नेपालले प्यालेस्टाइन, सिरिया र इराकसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरीका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
त्यस्तै समूह ए म आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन, लेबनान र गुआम रहेका छ्न ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)