News
इटहरीमा वडा कप हुँदै

इटहरी । "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब, इटहरी-१ सुनसरीको आयोजनामा यही फागुन ६ गतेदेखि वडा कप फुटबल प्रतियोगिता हुँदैछ ।
इटहरी स्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।
इटहरी उपमहानगरपालिका, संरक्षकत्व तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments