
बागमती । प्रभावशाली जितका साथ एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा एपीएफले चर्च ब्वाइज युनाइटेड, काठमाडौंलाई ३-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
जनता माविको खेलमैदानमा भएको खेलमा एपीएफका लागि अनिष महर्जनले दुई गोल गरे भने थप एक गोल फोफनाले गरे । उता पराजित चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक मात्र गोल फर्काए ।
खेलमा एपीएफका अनिष महर्जन म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन ५ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल जावलाखेल युथ क्लब, काठमाडौं र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई