News
छैठौं पिस प्वाइन्ट कप हुँदै
काठमाडौं । पिस प्वाइन्ट बोर्डिङ स्कुल, काठमाडौंको आयोजनामा यही फागुन ९ देखि १६ गतेसम्म छैठौं पिस प्वाइन्ट कप युथ फुटबल प्रतियोगिता हुने भएको छ ।
ज्ञानेश्वर स्थित सानो गौचरन खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८५०० तोकिएको छ । प्रतियोगितामा अण्डर एसईई (SEE) का खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।
पेपे पिज्जाको मुख्री प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधी सहित ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीलाई पनि नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
स्मरण रहोस, आयोजक स्कुलले नेपालको चर्चित मच्छिन्द्र फुटबल क्लबसँगको सहकार्यमा मच्छिन्द्र-पिस प्वाइन्ट युथ एकेडेमी पनि सन्चालन गरिरहेको छ ।
Post Comments
Related News
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट