News पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको पहिलो बैठक सम्पन्न
गोलनेपाल

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकबाट नगर भित्र रहेका खेलकुदसँग सम्बन्धित क्लबहरूलाई सूचिकृत हुन सूचना गरी सूचिकृत संस्था तथा क्लबहरूलाई मात्र खेलकुद प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने, आगामी बैठकमा नगरको खेलकुद विकासका लागि वार्षिक कार्ययोजना सहितको खाका पेश गरी वार्षिक कार्य योजना अनुसार खेलकुदका गतिविधिहरू सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तैगरी पहिलो बैठक भएकोले कार्यविधिमा भएका व्यवस्था तथा काम कर्तव्य र अधिकार क्षेत्रका विषयमा छलफल भएको जानकारी खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले जानकारी गराए ।

नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा बैठकमा वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक अनिश लुइटेल, सदस्यहरू सनम मगर, लोकसागर साँवा, सुरेन्द्र तुम्वापो, जमुना मगर, मिक्की लिम्बु, प्रज्वल गुरूङ समेतको उपस्थिति रहेको थियो ।

 

Post Comments