काठमाडौं । नेपाली फुटबल खेलाडीहरुले घरेलु फुटबललाई बिट मार्दै सुरक्षित भविष्यका लागि विदेश पलायन हुने होड अहिले तिव्र बनेको छ । यहि सूचीमा थप तीन खेलाडीहरु थपिएका छन् ।
नेपालको घरेलु फुटबलमा राम्रै पहिचान बनाईसकेका राजेन्द्र रावल, दिलन लोक्तम लिम्बु र प्रविन सैंजु सिड्नी, अष्ट्रेलिया पुगेका छन् । झापाबाट शिर्ष फुटबलमा राम्रो वाहवाही बटुलेका दिलन र पछिल्लो सिजन संकटाका लागि खेलेका राजेन्द्रसँगै कुनै समय मनाङका महत्वपूर्ण खेलाडी प्रविनले विदेशलाई सुनिश्चित भविष्यको उत्तम विकल्पका रुपमा रोजेका छन् ।
पछिल्लो तथ्यांकलाई केलाउने हो भने अहिलेसम्म अष्ट्रेलिया मात्र पुग्ने नेपालका शिर्ष लिग खेलिरहेका खेलाडीहरुको सूची लामो बनिसकेको छ । त्यसमा राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरु जस्तै सन्तोष तामाङ, सुमन लामा, आशिष लामा, सुमन अर्याल जस्ता खेलाडीहरुका े नाम पनि सामेल छ ।
नियमित घरेलु फुटबल हुन नसक्नु, बहुप्रतिक्षित ए डिभिजन लिग आयोजना हुने सुरसार पनि अन्यौलमा पर्नु तथा खेलाडीहरुको दैनिकी चलाउन पनि असहज बन्दै गएपछि धेरै खेलाडीहरुले विदेश पलायनलाई आफ्नो अन्तिम विकल्पका रुपमा रोज्न बाध्य बनिरहेका छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै