
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी तीन महत्वपूर्ण सदस्यहरु साबित्रा भण्डारी, अन्जिला तुम्बापो सुब्बा र गीता राना चर्चित महिला आई लिग खेल्न भारततर्फ प्रस्थान गरेका छन् । उनीहरु बिहीबार राती नै भारततर्फ प्रस्थान गरेका थिए ।
आउँदो माघ १ देखि फागुन ३ गतेसम्म हुने आई लिगमा साबित्राले गोकुलम केरला एफसीका लागि खेल्ने छिन् भने अन्जिला र गीताले सेथु एफसीका लागि खेल्ने छन् ।
केरलामा साबित्राको यो दोस्रो सिजन हो भने आइ लिगमा तेस्रो । उनले पहिलोपटक सन् २०१८–१९ को सिजन सेथु एफसीका लागि आइ लिग खेलेकी थिईन् । त्यतिबेला उनले सेथुबाट लिग उपाधि पनि जितेकी थिईन् । सो बेला उनीसँगै नेपालकी अर्की खेलाडी अनिता बस्नेत पनि सेथु मै आवद्ध थिईन् ।
एक सिजन सेथुमा बिताएपछि साबित्रा अर्को सिजन केरलामा आवद्ध भएकी थिईन् । त्यो सिजन पनि केरलाका लागि उत्कृष्ट प्रदर्शन गर्दै उनले लिग उपाधि जित्न सफल भएकी थिईन् । नेपाली राष्ट्रिय फुटबल टोलीमा पनि साबित्राको प्रदर्शन र उपस्थिति सधै अहम हुँदै आएको छ ।
उता अन्जिला र गीताको भने आई लिगमा यो डेब्यु सिजन हुनेछ । भारतीय महिला क्लब फुटबलको शिर्ष लेभलमा उनीहरु पनि आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् । अन्जिला नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान तथा गोलरक्षक पनि हुन् । त्यस्तै रक्षापंक्तिमा खेल्ने गीता पनि राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य हुन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)