News एभनिर नारदमुनी थुलुङ स्मृति गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बसाहा । विदेशी टोली एभनिर एफसी, क्यामरुन यहाँ जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारदमुनी रंगशालामा बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा एभनिरले डिटिसी धरानलाई शून्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । एभनिरका लागि खेलको अन्तिमतिर अब्दुलाले एक मात्र निर्णायक गोल गरे

निर्णायक गोलकर्ता अब्दुला नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज १३ गते बिहीबारको पहिलो सेमिफाइनल खेल चारतारे क्लब, मोरङ र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

बसाहा क्लब, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

 

 

Post Comments