News
एनएफसी, धरानलाई पंचायन गोल्डकपको उपाधि

पंचायन । दोस्रो पंचायन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि एनएफसी, धरानले जितेको छ । पंचायन खेलमैदानमा भएको फाइनल भिडन्तमा योङ लर्डबुद्ध क्लब, इटहरीलाई २–१ ले हराउँदै एनएफसी च्याम्पियन बनेको हो ।
विजेता बनेको एनएफसीले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता योङ लर्ड बुद्धले ७५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एनएफसीका बिनय श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार एनएफसी कै बिकु राईले हात पारे । उत्कृष्ट मिडफिल्डर पनि एनएफसी कै दोर्जे तामाङ चुनिए ।
पंचायन क्लब, सुनसरीको आयोजनामा असोज १ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments