
काठमाडौं । एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतार पुगेको नेपाली फुटबल टोलीले दोहारमा शुक्रबार तेस्रो अभ्यास म्याच खेल्यो । सुहिम बिन हमाद स्टेडियममा भएको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो ओमानसँग २–० ले पराजित हुन पुग्यो ।
जुझारु प्रदर्शन गरेको नेपालले पहिलो हाफको अन्तिमतिर तथा दोस्रो हाफको अन्तिमतिर गोल खान पुगेको थियो । ओमानका लागि पहिलो हाफको इन्जुरी समयमा ओमार अल– मलिकीले पहिलो गोल गरे भने दोस्रो हाफमा इसाम अल सुभीले दोस्रो गोल गर्दै ओमानी टोलीको जित पक्का गरे ।
अधिकांश युवा खेलाडीका साथ कतार पुगेको नेपाल फिफा वरियताको १६८औं स्थानमा छ भने ओमान ७५औं स्थानमा छ । ओमानसँग खेल्नु अघि नेपालले दुई अभ्यास म्याच खेलेको थियो । जसमा नेपालले टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को बराबरी नतिजा निकालेको थियो ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ तारीखका दिन जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ११ जुनका लागि आयोजक कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै