
हेटौडा । स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत शनिबारको स्थगित भएको छ ।
लगातारको अविरल वर्षापछि मैदानमा खेल खेलाउने अवस्था नदेखिएकाले शनिबार हुने भनिएको फ्रेण्डस क्लब र नेपाल एपिएफ फुटबल क्लबबीचको खेल स्थगित भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
साथै शनिबार स्थगित भएको खेल आइतबार बिहान ८ः३० बजे खेलाईने समेत अध्यक्ष लामाले बताए । त्यस्तै आइतबार नै हुने भनिएको खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिनको ३ बजेदेखि खेलतालिका अनुसार नै शुरु हुने पनि आयोजकले जानकारी दिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने जेठ ३० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा